काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले झापाबाट पूर्वको यात्रा थालेका छन्। उनी पूर्वरानी कोमलसहित फागुन २० गते आइतबार दिउँसो काठमाडौंबाट श्रीएयरलाइन्सको जहाजबाट भद्रपुर हुँदै दमक पुगेका थिए ।

तीन साताको पूर्वयात्रामा लागेका पूर्वराजा दमकमा आफ्नै स्वामित्वमा रहेको हिमालयन टी स्टेट गार्डेनमा शान्त तरिकाले एक हप्ता बिताउने बताइए पनि नौ दिनसम्म शान्त तरिकाले नै बसेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मंगलबार (फागुन २९ गते) देखि भने उनको भ्रमण यात्रा सुरु हुँदैछ ।

उनको भ्रमण सुनसरीको रामधुनीमा दर्शन गरेपछि सुरु हुनेछ । उनी दिउँसो ३ बजे भगवानले रामले धुनी जगाएको स्थलमा दर्शन गर्ने उनको संवाद सचिवालयले जनाएको छ ।

त्यसपछि पूर्वराजा प्रकाशपुरमा भइरहेको श्रीमद्भागवत् र धनधान्यान्चल मेलामा सरिक हुनेछन् ।

योसंगै स्थानीयहरुसंगको भलाकुसारी पनि सुरु हुनेछ ।

अन्य कार्यक्रम भने तय भएका छैनन् ।

यता काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सबै अवरोध पन्छिएको दाबी गरिरहँदा अर्कातिर पूर्वराजाको ओलीकै जिल्ला साथसाथै पूर्व भ्रमणले गल्ती गर्नेहरुका स्वास रोकिन थालेको विश्लेषण पनि हुन थालेको छ ।

सप्तरीदेखि झापासम्म अधिकांश जिल्लाबाट स्वागत गर्ने तयारी भएकाले त्यसै अनुसार कार्यक्रमहरु मिलाइने तयारी भइरहेको जनाइएको छ ।

यो भ्रमणका क्रममा हिन्दूवादी र राजावादीहरू विशेष रूपले समेटिने छन्। यो भ्रमणले पूर्वमा पूर्वराजाको माहौलसमेत कस्तो रहने छ भनी बुझ्ने छन्। यसअघि पूर्वराजाको भ्रमण सुदूर र मध्यपश्चिममा भएको थियो ।

पूर्वको भ्रमण सकेपछि पूर्वराजा पश्चिम भ्रमणमा निस्कनेसमेत बताइएको छ।गत पुसदेखि निरन्तर भ्रमणमा निस्कने क्रममा पूर्वराजा भारतको लखनउ, उडिसामा पुगेर हिन्दूधर्म जोगाउनेदेखि आफ्नो पक्षमा माहौल बनाएको बताइन्छ।