काठमाडौं- त्रिभुवन विमानस्थलमा सोमबार भएको बंगलादेशी विमान दुर्घटनामा बंगलादेशमा मेडिकल अध्ययन गरीरहेका १४ जना विद्यार्थी परेका छन्। जसमध्ये जलालावाद रागिव रविया मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत १३ विद्यार्थी छन्।

बंगलादेशस्थित नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसनका अध्यक्ष नविन यादवले उक्त मेडिकल कलेजका १३ विद्यार्थी दुर्घटनामा परेको जानकारी दिए। उनका अनुसार एक जना विद्यार्थी भने कुमुदिनी वुमन्स मेडिकल कलेजमा अध्ययनरत हुन्। दुर्घटनामा परेकामध्ये प्रिन्सी धामी, चारु बराल र समिरा बज्राचार्यको काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अन्यको अवस्था प्राप्त हुन सकेको छैन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यी हुन् विमान दुर्घटनामा परेका बंगलादेशमा अध्ययनरत मेडिकल विद्यार्थी

१. सञ्जय पौडेल

२. सञ्जय महर्जन

३. निगा महर्जन

४. एन्जिला श्रेष्ठ

५. पुर्णिमा लोहनी

६. स्वेता थापा

७. मिली महर्जन

८. सरीमा श्रेष्ठ

९. अल्जिना बराल

१०. चारु बराल

११. समिरा ब्यञ्जनकार

१२. आस्ना शाक्य

१३. प्रिन्सी धामी

१४. श्रेया झा (कुमुदिनी उमन्स मेडिकल कलेज)

-नेपाल लाइभ बाट साभार