चालकको लापरवाहीले धनुषामा जन्ती बोकेको कार दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
धनुषाको बटेश्वर गाउँपालिका–२, भू–चक्रपुरबाट मिथिला नगरपालिका बेंगाडाबर जन्ती गई फर्किर्दै गरेको बीआर०१ बीजेड ८८७२ नम्बरको कार तिब्र गतिमा गुडेका कारण बटेश्वर गाउँपालिका–१, चित्रपुरमा पल्टेर दुर्घटना भएको हो ।
दुर्घटनामा क्षिरेश्वरनाथ नगरपालिका दिगम्बरपुर बस्ने २९ वर्षकी संगीता देवी सिंह , बर्दिबास नगरपालिकाकी २५ वर्षकी संगीता महतो, बटेश्वर गाउँपालिका–२, भू–चक्रपुरकी १२ वर्षकी अस्मिताकुमारी महतो र महोत्तरी पशुपतिनगरकी १२ वर्षकी अर्चनाकुमारी सिंह घाइते भएकी हुन् ।
उनीहरुको जनकपुरको जानकी हेल्थकेयरमा उपभार भैरहेको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको चिकित्सकले जनाएका छन् ।
स्थानीयबासिन्दाका अनुसार चालकले मादक पदार्थ सेवन गरी तिव्रगतिमा गाडी चलाउँदा दुर्घटना भएको हो । सवारी चालक र दुर्घटनाग्रस्त कारलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
-उज्यालो अनलाइन बाट










