काठमाडौं, ३० फागुन– बुधवार राति काठमाडौंको गौशालामा गोली चलेको छ । राति करिब सवा ९ बजेतिर गौशालाको गौशालाको तीलगंगा–गौशाला क्षेत्रमा गोली चलेको हो ।
गोली चलेको स्थानबाट प्रहरीले गुण्डा नाइके भनिने गणेश लामालाई चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको छ ।
महानरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले गणेश लामाको समूहबाट गोली चलेको बताएका छन् । यद्यपि गणेश लामाले भने आफूमाथि नचिनेका दुई जना व्यक्तिले गोली प्रहार गर्दा पेस्तोल खोसेको बयान प्रहरीलाई दिएका छन् ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ । लोकान्तर बाट










