दमक/नेप्लिज टिन्सले ब्रेन ट्युमर पिडित पहल ठकुल्लालाई सहयोग गरेको छ । कैलाली जिल्ला जानकी गाउपालिकाका २१ बर्षिय ठकुल्ला बिगत ६ महिना यता ब्रेन ट्युमरबाट पिडित बनेपछि उपचारका लागि सहयोग गरेको हो ।
उपचार अभावका कारण मृत्यु शैयामा पुगेका ठकुल्लाको परिवारलाइ नेप्लिज टिन्सको तर्फ ५५ हजारको चेक गृहमन्त्री रामबहादुर थापाले पीडित परिवारलाइ दिएकाहुन् । यसभन्दा अगाडि पनि उनलाइ नेप्लिज टिन्सले ५० हजार सहयोग गरिसकेको थियो।
नेप्लिज टिन्स किशोर किशोरी र युवायुवतीहरुको सन्जाल हो । जसले पछिल्ला केही बर्ष यता देशका विभिन्न क्षेत्रमा हुने सामाजिक समस्याहरुको निराकरणमा सहयोग गर्नुका साथै किशोरकिशोरीलाई सामाजिक दायित्व बोध गराउने कार्यमा सक्रिय हुँदै आएको छ ।










