काठमाडौं- नेपाली कांग्रेसले उपसभामुखमा पुष्पा भुसाललाई उम्मेदवार बनाएको छ।

अर्घाखाँचीकी भुसाल समानुपातिक सांसद हुन्। २०३६ सालमा नेवि संघबाट राजनीति सुरु गरेकी उनी पहिलो संविधानसभामा पनि सांसद थिइन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उपसभामुखको उम्मेदवारी दर्ताका लागि बिहीबार दिउँसो २ बजेसम्मको समय तोकिएको छ। उपभासमुख चयनको निर्वाचन शुक्रबार हुने यसअघि नै संसदले कार्यसूची तय गरेको थियो।

वाम गठबन्धनको सहमति अनुसार सभामुख माओवादी केन्द्रले लिएपछि उपसभामुख पद एमालेको भागमा परेको छ। तर, उसले उम्मेदवार अझै टुंगो लगाएको छैन।