काठमाडौं । सत्तारुढ दलकाबाट उपसभामुखमा एमाले सांसद शिवमाया तुम्बाहाम्फेले उम्मेदवारी दर्ता गराएकी छिन् । एमालेकी समानुपातिक सांसद तुम्बाहाम्फेका पक्षमा स्पष्ट बहुमत देखिएको छ ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसबाट पुष्पा भुसालले उम्मेद्धारी दर्ता गराएकी छिन् । तुम्बाहाम्फे र भूसाल दुवै राजनीतिकरुपमा निकै सक्रिय नेतृ हुन् । बामगठबन्धनले अघि सारेका माओवादी नेता कृष्णबहादुर महरा सभामुख बनिसकेका छन् । माओवादी केन्द्रले सभामुख लिएपछ उपसभामुख एमालेको जिम्मा परेको थियो । उपसभामुखमै संघिय समाजबादी फोरमले पनि दावी गरेको थियो ।