दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का वडाध्यक्ष लीला चौहानमाथि आक्रमण भएको छ।

गएराति घर फर्कदैं गरेको अवस्थामा उनी आक्रमणमा परेका हुन्। आक्रमणपछि भागेका वडाध्यक्ष चौहान अहिलेसम्म सम्पर्कमा आएका छैनन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आक्रमणमा संलग्न जोशीचन्द्र राई, विसम राई, बद्री खड्कालगायत रहेको खुलेको प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए। आक्रमणमा संलग्नहरुलाई नियन्त्रणमा लिन जिल्लाबाट थप प्रहरी टोली परिचालन गरिएको उनले बताए।

घटनास्थलमा वडाध्यक्षले प्रयोग गरेको मोटरसाइकल र हेल्मेट भेटिएको छ। रासस