झापाबाट यस वर्ष १६ हजार परीक्षार्थीले एसइई परीक्षा दिने भएका छन्।
चैत ८ गतेदेखि सुरु हुने परीक्षामा नियमिततर्फ १५ हजार २४६ र एक्जाम्टेडतर्फ ८१४ जना गरी १६ हजार १६ जना परीक्षार्थी एसइईमा सहभागी हुने जिल्ला शिक्षा कार्यालय झापाका उप जिल्ला शिक्षा अधिकारी होमनाथ भण्डारीले जानकारी दिए।
उनका अनुसार ५४ वटा परीक्षा केन्द्रबाट नियमित र दुई वटा परीक्षा केन्द्रबाट एक्जाम्टेड विद्यार्थीले परीक्षा दिनेछन्। एक्जाम्टेड विद्यार्थीका लागि बिर्तामोडस्थित महेन्द्र रत्न उच्च मावि र दमकस्थित पृथ्वी मावि तोकिएको छ।
'परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिका आइसकेको छ,' उप जिशिअ भण्डारीले भने, 'सम्बन्धित केन्द्रमा उत्तरपुस्तिका पुर्याइसकिएको छ।'










