भरतपुरस्थित रिजालचोकमा रहेको कपास उद्योगमा आगलागी भएको छ।
केहीबेरअघि सुरु भएको आगो अझै नियन्त्रणमा आउने सकेको छैन। दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
उद्योग नजिकै पेट्रोल पम्पसमेत रहेकाले जोखिम बढेको छ।










