संघीय संसदका ३३४ सांसदमध्ये ४० जना ४० वर्षमुनिका युवा आएका छन् । यीमध्ये सबैभन्दा कान्छी सांसद बन्ने सौभाग्य पाएकी छन् दैलेखकी पार्वती बिसंखेले । नेकपा एमालेबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित बिसंखेको उमेर ३१ वर्ष रहेको छ ।

विसंखेको नागरिकतामा उल्लेखित जन्ममिति २०४३ असोज १८ गते रहेको छ । एमालेकै सांसद विमला विक पनि ३१ वर्षकी हुन् । तर, उनको जन्म मिति २०४२ चैत २४ भएकाले सालअनुसार उनी ३२ हुन्छिन् । यही चैतबाट आफू ३२ वर्ष हुने विमलाले बताइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

माओवादीका मोरङ ४ बाट निर्वाचित अमनलाल मोदी र माओवादीकै सुनसरीबाट समानुपातिकमा निर्वाचित रामकुमारी चौधरी पार्वतीपछि दोस्रो युवा सांसद हुन् । उनीहरुको उमेर ३२ वर्ष रहेको परिषदले जनाएको छ ।

-टिभी अन्नपुर्ण डट कम बाट साभार