सहबान अन्सारी नवलपरासीको बर्दघाट नगरपालिका वडा नं.४ स्थित बर्दघाटमा बाजारमा छाडा चौपायाहरुले राजमार्ग नै कब्जा गरी बस्दै आएका छन । चौपायाहरुले दिनहुँ दर्जनौको संख्यामा बस्दै आएको स्थानियहरले गुनासो गरेका छन ।
हरेक बर्ष स्थानिय निकायले छाडा चौपाया नियन्त्रण तथा ब्यवस्थापनका लागी ठुलो रकम बिनियोजन गरेपनि प्रभावकारी हुन सकेको छैन ।
जिल्लामा दुर्घटना न्युनिकरणका लागी बिभिन्न किसिमको सचेतना मुलक कार्यक्रम चल्दै आएपनि उक्त ठाँउमा न्युनिकरण शुन्य अवस्थामा रहेको देखिन्छ ।
चौपाया नियन्त्रण तथा ब्यवस्थापनका लागी बिभिन्न संचार माध्यमहरुमा पटक-पटक समाचार प्रकाशन भएपनि स्थानिय प्रशासन,नगरपालिका,तथा सम्बन्धित निकायहरुको ध्यान पुग्न सकेको छैन ।
नेपालको सबभन्दा ठुलो राजमार्ग भएको हुदाँ सवारी चाप बढी हुने गरेकोले सवारी साधन,यात्रीहरुलाई चौपायाका कारण दुर्घटनाको सिकार बन्न सक्ने साथै ट्राफिक ब्यवस्थापनलाई चुनौती समेत दिएको सहजै देख्न सकिन्छ ।












