दमक/डेढ दशक अघिदेखि झापाको दमकमा सक्रिय पत्रकारिता गर्दै आउनु भएका पत्रकार विष्णुप्रसाद पोखरेल सम्मानित भएकाछन् । नेपाल यातायात स्वतन्त्र मजदूर संगठन दमक नगर कमिटीले स्थापना गरेको लक्ष्मण खड्का स्मृती पत्रकारिता पुरुस्कार सहित पोखरेल सम्मानित भएकाहुन् ।
प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा शक्रबार दमकमा भएको कार्यक्रममा उनलाइ सम्मान गरिएको थियो । कार्कीले सम्मानपत्र प्रदान गरेका थिए । पोखरेल सवालनेपाल डटकमका सम्पादक एवं गोरखापत्र दैनिकका दमक समचारदाता पनि हुन् ।
संगठनका नगर अध्यक्ष मदन खड्का सभापतित्वमा भएको कार्यक्रममा सवारी चालक, सह चालक लगायतलाइ प्रशंशापत्र पनि प्रदान गरिएको थियो । आजै संगठनको प्रथम अधिवेसन समेत भइरहेको अध्यक्ष खड्काले जनाएकाछन् ।










