प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्ने मन्त्रिपरिषद् विस्तारमा संघीय समाजवादी फोरम सामेल नहुने भएको छ। प्रधानमन्त्री ओलीले आज ४ गर्ने भनेको मन्त्रिपरिषद् विस्तारमा संघीय समाजवादी फोरम सामेल हुने चर्चा भए पनि फोरमले मन्त्री नपठाउने भएको हो।

फोरमका एक नेताले भने, ‘हामी पार्टी कार्यालयमै छौं, अहिलेसम्म कुनै ठोस कुरा आएको छैन। सरकारमा जाने सैद्धान्तिक सहमति भइसकेको हो तर मुद्दाको विषय अझै टुंगो लागेको छैन।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारमा जाने सहमतिसहित प्रधानमन्त्री र राष्ट्रपति निर्वाचनमा सत्तारुढ नेकपा एमालेलाई समर्थन जनाएको फोरमले ३ वटा मन्त्रालय दाबी गर्दै आएको छ। नेपाल लाइभ बाट