दमक/लालबाबु पण्डित हाल जनसंख्या तथा वातावरण मन्त्री छन्। तर केहिबेरमा उनको मन्त्रालय फेरिदैछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्दैछन् । यसले कर्मचारी संयन्त्रमा तरंग मच्चाउने भएको छ । उनले छाटो समयमा यो भन्दा अगाडि यो मन्त्रालय चलाउदा थरर बनाएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा पर्ने चर्चा चलिराख्दा नै उनले जुनसुकै मन्त्रालयमा भए पनि आफूले राम्रो काम गर्न सक्ने दावी गरेका थिए।
आफूले गृह मन्त्रालयको जिम्मेवारी पाएको भए गरिहाल्ने काम के के हुन् भनेर सार्वजनिक पनि गरे । तर उनलाइ वातवरण मन्त्रालयले दिएपछि धेरैले ओलीको आलोचना गरे । अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पंण्डितले पाउन लागेको समचारले सामाजिक सञ्जालमा चर्चा पाएकोछ ।










