दमक/नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको नयाँ नेतृत्वको शुक्रबार पदस्थापन भएको छ । आजबाट नव निर्वाचित अध्यक्ष प्रकाश बुढाथोकीले सभापतिको जिम्मेवारी वहन गरेकाछन् भने लिला गुरागाइ बिदाइ भएकाछन् ।
उपाध्यक्षमा हिमालयप्रसाद दाहाल, सचिबमा रमेश अधिकारी, कोशाध्यक्षमा प्रेम भट्टराइ र सह कोशाध्यक्ष बिमल शर्मा चयन भएकाछन् । रेडक्रस झापाका अध्यक्ष लोकराज ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।










