दमक/नेपाल यातायात स्वतन्त्र मजदूर संगठनको पहिलो अधिवेसनबाट दमक नगर कमिटी अध्यक्षमा मदन खड्का सर्वसम्मत रुपमा अध्यक्ष बनेकाछन् । लामो समयदेखि दमक क्षेत्रमा यातायात मजदूरहरुको अगुवाइ गर्दै आएका खड्का सर्वसम्मत अध्यक्ष बनेका हुन् । शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले पहिलो अधिवेसनको उद्घाटन गरेका थिए । सो कार्यक्रममा यातायात मजदूर नेताहरुका साथै नेकपा एमालेका नेता होमबहादुर थापा, बोधराज घिमिरे लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
नव निर्वाचित अध्यक्ष खड्काले आफूले यस क्षेत्रका मजदूरहरुको हितमा सधै लाग्ने प्रतिबद्धता जनाएकाछन् । उनले आफूले विश्वास गरेर नेतृत्व गर्ने अवसर दिएकोप्रति यातायात मजदूरहरुप्रति आभार समेत प्रकट गरे ।










