प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तेस्रोपटक मन्त्रिपरिषद विस्तार गरेका छन् । एमाले र माओवादीका तर्फबाट सरकारमा सहभागी गराएर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

शुक्रबार नियुक्त गरिएका ११ जना मन्त्री र तीन राज्यमन्त्रीले सपथ पनि लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

११ मन्त्री र तीन राज्यमन्त्रीले शुक्रबार सपथ लिएसँगै ओली सरकार २१ सदस्यीय भएको छ ।

शुक्रबार सपथ लिएका मन्त्रीहरु

प्रदीप ज्ञवाली– मन्त्री परराष्ट्र

गोकर्ण विष्ट– मन्त्री श्रम तथा रोजगार

रविन्द अधिकारी– मन्त्री पर्यटन

रघुवीर महासेठ, मन्त्री भौतिक पूर्वाधार

शेरबहादुर तामाङ– मन्त्री कानुन

जगत विश्वकर्मा– मन्त्री युवा तथा खेलकुद

वर्षमान पुन– मन्त्री उर्जा तथा जलस्रोत

गिरिराजमणि पोखरेल– मन्त्री शिक्षा

शक्ति बस्नेत, मन्त्री वन

चक्रपाणि खनाल, मन्त्री कृषि तथा सहकारी

विना मगर– मन्त्री खानेपानी

गोकुल बास्कोटा– राज्यमन्त्री सञ्चार

रामकुमारी चौधरी– राज्यमन्त्री कृषि

पद्मा अर्याल– राज्यमन्त्री, युवा तथा खेलकुद