गौरादह- झापाको गौरादह नगरपालिका वडा नं. २ मा नेपालको पूर्व क्षेत्रकै एकमात्र निजि क्षेत्रबाट संचालित आधुनिक टिस्युकल्चर प्रयोगशालाको स्थापना भएको छ ।

निजि क्षेत्रको संलगनतामा रोग मुक्त गुणस्तरीय बिउ आलुको उत्पादन गरी आलुको उत्पादकत्च र उत्पादन बढाउनलाई सहयोग पुर्याउने उद्देश्यले गौरादह नगरपालिका वडा नं. २ मा फाईकस बायोटेक प्रा.लि.ले टिस्युकल्चर प्रयोगशालाको स्थापना गरिएको संचालनकले बताएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रयोगशालाको स्थापना दुई करोडको लगानी रहेको जसमा एक करोड नेपाल सरकारको कृषि बिभाग, राष्ट्रिय आलुबाली विकास कार्यक्रम अन्तर्गतको अनुदान रहेको प्रा.लि.का संचालक दुर्लभ कार्कीले जानकारी दिए । संचालक कार्कीका अनुसार पूर्व मुल बिउ आलुको वार्षिक २ लाख दाना उत्पाद गरिने लक्ष्य लिएको बताए ।

गौरादहमा स्थापना भएको प्रयोगशालाको सफलताले गौरादह नगरपालिका आसपासका क्षेत्रहरुमात्र नभएर १ नं. प्रदेशकै कृषि क्रान्तिमा सहयोग पुर्याउने पूर्व सांसद दिपक कार्कीले बताए । गौरादह नगरपालिकाका नगर प्रमुख रोहितकुमार शाहले कृषि स्थानीय सरकारको प्राथमिकताको क्षेत्र रहेको हुँदा यस्ता प्रयोगशालाहरुले नगरको विकासमा सहयोग पु¥याउने बताए ।

यस उद्योगबाट केरा, उखु, अलैची, बाँस लगायत बिभिन्न फूल तथा फलफूलका बिरुवाहरु समेत उत्पादन गर्ने योजन रहेको हुँदा आधुनिक तरिकाले व्यवसायिक खेती गर्न चाहने कृषकहरु यस परियोजना संचालन पश्चात लाभान्वित आफूले विश्वास लिएको संचालक दुर्लभ कार्की बताए ।