पूर्वयुवराज पारस शाहकी ‘कथित’ प्रेमिका कन्निका चाइसर्नले सामाजिक सञ्जालमार्फत दुबैजनाको तस्बिर सार्वजनिक गरेकी छिन् ।
चाइसर्नलाई नेपालीहरूले भुलेका बेला उनले शुक्रबार साँझ पारससँग जोडिएर खिचिएको तस्बिर सार्वजनिक गरेर सबैको ध्यानाकर्षण गराएकी छिन् ।
चाइसर्न थाइल्याण्ड निवासी हुन् । पूर्वयुवराज पारशसँग खिचिएको तस्विरहरू सार्वजनिक गरेको विषयलाई अहिले पनि चाइसर्न र पारशबीच अहिले पनि सम्बन्ध छ किने भनेर विश्लेषण हुन थालेको छ । थाइल्याण्ड बस्दा पूर्वयुवराज पारस उनै चाइसर्नसँग बस्दै आएको बताइन्छ ।
पत्नी हिमानी शाहसँग रिसाएर त्यस बेला पूर्वयुवराज पारस शाह थाइल्याण्डमा बसोबास गर्थे । पछि लागूऔषधसहित पारसलाई स्थानीय प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो । त्यसपछि पारस केही समयपछि नेपाल फर्किएका हुन् । पूर्वयुवराज पारस थाइल्याण्डमा झण्डै ३ वर्ष बसेका थिए ।
काठमाडौंमा पनि पूर्वयुवराज पारस शाह अलग बस्दै आएका छन् । निर्मल निवासमा पूर्वयुवराज शाह बस्दैनन् । पत्नी हिमानीसँग अहिले पनि पारस असन्तुष्ट रहेको आलोचकहरूले टिप्पणी गर्ने गरेका छन् ।
-दैनिक नेपाल बाट









