मोरङको ग्रामथान गाउँपालिका–२ वतराईटोलमा आगलागी हुँदा १३ घर पूर्ण ध्वस्त भएको छ । ग्यास सिलिन्डर पड्किएर भएको शूरु भएको आगलागीमा आगलागीबाट आठ परिवारका १३ घर पूर्ण रुपमा ध्वस्त भएको प्रहरीले बताएको छ ।
स्थानीय नेपोल सरदारको घरमा खाना पकाउने क्रममा शुक्रबार दिउँसो ४ बजे ग्यास सिलिन्डर विस्फोट भएर आगो आगलागी सुरु भएको थियो । आगो राति अबेर मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति नभएपनि ५२ लाखभन्दा बढी क्षति भएको छ ।
यस्तै मोरङको सुनबर्सी नगरपालिका–९ डाइनिया बजारका बृजलाल साहको सुनचाँदी पसलमा शुक्रबार साँझ आगलागी हुँदा करीव चार लाख रुपैयाँ क्षति भएको छ ।
साँझ ७ बजेतिर ग्यास सिलिण्डर चुहावट भई लागेको आगोले उहाँको रु ५० हजार तथा ३ तोला सुनको गहना र ३० तोला चाँदीसमेत जल्दा रु चार लाख ४५ हजार बराबरको क्षति भएको जनाइएको छ । आगो प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।










