काठमाडौं । चीन सरकारले तातोपानी नाका, सिन्धुपाल्चोक अस्पताल र जिरी उच्च माध्यमिक विद्यालयको पुनःनिर्माणका लागी तीन बिलियन चिनियाँ युआन अर्थात झण्डै पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग गरेको छ ।

बिहिबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ सचिव शंकरप्रसाद अधिकारी र नेपालका लागि चिनियाँ राजदूत यु होङले अनुदान सहयोगमा हस्ताक्षर गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चीनले तातोपानी नाका सूचारु गर्नका लागि भौतिक पूर्वाधारको अध्ययन र निर्माणका लागी सहयोग गरेको जनाएको छ । प्राप्त सहयोग रकम ९ बेडसहितको सिन्धुपाल्चोक अस्पतालको पुननिर्माण, जिरी उच्च माध्यमिक विद्यालयको पुनर्मिाण, लाईबे्ररी तथा ल्याव निर्माण र तातोपानी नाका सुधारका लागि खर्च गरिने छ ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यु होङले भूकम्पबाट क्षतिग्रस्त विभिन्न पूर्वाधारको पुननिर्माणमा चीनको सहयोग निरन्तर रहने बताए । उनले क्रस बोर्डर गतिविधिलाई सहज र सरल बनाउने तयारी गरिएको जानकारी समेत दिए ।

अर्थसचिव अधिकारीले भूकम्पपछिको पुननिर्माण र नेपालको पूर्वाधार विकासमा चीनले पुयाउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे । चिनियाँ सहयोगबाट तातोपानी नाकाको व्यापार सुचारु हुने र पुननिर्माणले गति लिने सचिव अधिकारीले बताए ।