अपहरणको धम्की दिएर फिरौती माग्ने एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २७ वर्षीय सुरज साह छन् । उनलाई स्थानीय विष्णु भण्डारीलाई अपहरणको धम्की दिएर १५ लाख मागेका थिए । भण्डारी प्रहरी कहाँ पुगे र बानेश्वर वृत्तको टोलीले रकम लिन आएको बेला सुरजलाई पक्राउ गरेको छ ।

विष्णु भण्डारी सिन्धुपाञ्चोक कांग्रेसका नेता समेत भएको खुल्न आएको महानरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।
-अन्लाइन खबर बाट साभार










