धनुषा- राष्ट्रियसभा सदस्य तथा कांग्रेस नेतृ मुक्ता यादवका २२ वर्षीय छोरा रुपेश यादवको सडक दुर्घटनामा मृत्यु भएको छ।

शुक्रबार साँझ ७ बजे पूर्व–पश्चिम राजमार्गको पोर्ताहा चोक सडकखण्डमा बा७३प ९५६० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोटरसाइकललाई पछाडिबाट टाटा सुमोले ढक्कर दिएर भागेको बताइएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका सिरहाका दिनेशकुमार यादव घाइते छन्। यादवको विराटनगरमा उपचार भइरहेको छ। (रासस)