राष्ट्रिय सभा उपाध्यक्षका लागि आज आइतबार निर्वाचन हुँदैछ।

सो पदका लागि वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार शशिकला दाहाल र कांग्रेसकी बृन्दादेवी आले राना उम्मेदवार छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संसद भवन नयाँ वानेश्वरमा दिउँसो १ बजे राष्ट्रिय सभा बैठक बस्दैछ। बैठकमा उम्मेवादरको नाम निर्णयार्थ पेश गरिनेछ। दुई मनोनयन परेकाले मत विभाजनद्वारा उपाध्यक्ष चयन हुनेछ।

मत विभाजन गर्दा पहिलो प्रस्तावले बहुमत पाएमा दोस्रो प्रस्ताव निर्णयार्थ पेश गरिने छैन। पहिलो प्रस्तावले बहुमत पाउन नसके मात्र दोस्रो प्रस्ताव पेश गरिनेछ। राष्ट्रिय सभामा ५९ सदस्य छन्। उपाध्यक्षमा निर्वाचित हुन ३० सदस्य आवश्यक पर्छ।

राष्ट्रिय सभामा एमालेका २९ र माओवादी १३ गरी बाम गठबन्धनका दुई तिहाई सांसद छन्। कांग्रेस १३, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका क्रमशः २–२ सांसद रहेका छन्।