रुपन्देहीको भैरहवास्थित गौतमवुद्ध विमानस्थलमा एति एयरको विमान दुर्घटनामा परेको छ । ५ बजेर ११ मिनेटमा विमान रनवेमा दुर्घटनामा परेको हो ।

काठमाडौंबाट २६ जना यात्रु र चालक दलका सदस्य बोकेर उडेको जुलेट चार्ली विमान नामक विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो । यद्यपी विमानमा रहेका सबै शकुसल रहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काठमाडौंबाट भैरहवाका लागि उडेको विमान रन वे मा गुडिरहेका बेला चक्का लक हुँदा दुर्घटनाग्रस्त भएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिनुभयो ।

काठमाडौंबाट ४ बजेर ४० मिनेटमा उडेको जुलेट चार्ली विमान ५ बजेर ११ मा भैरहवा विमानस्थलमा अवतरण भएपछि दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटना लगत्तै विमानस्थल अहिले बन्द भएको छ ।