टवल, ५ चैत– सरकार गठन एक महिनापछि मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल विस्तार तयारी गरेका छन् । तीन सदस्यीय सरकार बनेको शनिबार एक महिना पुग्यो । सोमबार उनले तीन मन्त्री थप्ने तयारी गरेका हुन् ।
स्रोतका अनुसार एमालेबाट २ र माओवादीबाट १ मन्त्री थपिनेछन् । एमालेबाट रूपन्देहीका लीला गिरी र बाँकेकी आरती पौडेल भने माओवादीबाट गुल्मीका सुदर्शन बराल मन्त्रीमा थपिनेछन् ।
यसअघि मुख्यमन्त्रीसँगै आन्तरिक मामिला तथा कानुन मन्त्रीमा माओवादीका कुलप्रसाद केसी र भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा एमालेका बैजनाथ चौधरी नियुक्त भएका थिए । आकांक्षी बढेपछि प्रदेश सरकारले मन्त्रालय फुटाउने तयारी गरेको छ ।, कान्तिपुरमा खबर छ ।










