काठमाडौं- मोटो रकम माग गर्दै मेयरलाई धम्क्याउने दुई जना ललितपुरको पाटनबाट पक्राउ परेका छन्।

रौतहटको वृन्दावन नगरपालिकाका मेयर रामस्नेही यादवसँग १० लाख रुपैयाँ माग गर्दै फोनबाट धम्की दिएको आरोपमा कटहरियाका मोहमम्द सामसाग आलम र राजपुरका जुल्फिकर शेख पक्राउ परेका हुन्। ललितपुरको पाटनबाट आइतबार साँझ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनीहरुलाई पक्राउ गरेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१२ दिनदेखि उनीहरुले मेयर यादवलाई १० लाख रुपैयाँ माग्दै धम्की दिँदै आएको सिआइबीका एसपी जीवन श्रेष्ठले बताए।