वैदेशिक रोजगारका लागि विदेश जाने कामदारलाई श्रम स्वीकृतिमा पहुँच विस्तार गर्न सरकारले राजधानी बाहिरका २ स्थानबाट श्रम स्वीकृति दिनेगरी सेवा विस्तार गर्ने तयारी गरेको छ ।

विशेषगरी बिदामा आएका कामदारका लागि पुनः श्रमस्वीकृति दिने लक्ष्यसहित धनुषा र पश्चिम क्षेत्रमा पूर्ण श्रम स्वीकृति दिनेगरी कार्यालय विस्तारको गृहकार्य सुरु गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारले राजधानीमामात्र केन्द्रित श्रम स्वीकृति दिने कार्यालयलाई उपत्यकाबाहिर विस्तारको तयारी गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन गरेको छ । नवनियुक्त श्रममन्त्री गोकर्ण विष्टले पूर्वी र पश्चिम क्षेत्रका युवालाई लक्षित गरेर कार्यालय विस्तार गर्न लागिएको जानकारी दिए ।