रामेछाप, ५ चैत— रामेछापको खाँडादेवी गाउँपालिका–६ पन्नेचौरमा एक आमाले आफ्नै सन्तानको हत्या गरेकी छन् । स्थानीय २५ वर्षीया तारा खत्रीले आफ्ना २ सन्तानलाई मट्टितेल छर्किएर आगो लगाएर हत्या गरेकी हुन् ।

उनले ४ वर्षीय छोरा विपिन खत्री र २ वर्षीया छोरी रमिता खत्रीको हत्या गरेकी हुन् । आइतबार राति साढे दश बजे उनले घरभित्र छोराछोरी राखेर आगो लगाएको बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राती ११ बजे पुगेको थियो । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चोप्राङ्गबाट पुगेका सुरक्षाकर्मीले तारा खत्रीलाई नियन्त्रणमा लिएका छन् ।

घटनाको प्रारम्भिक अनुसन्धानमा पति दिलबहादुर खत्रीले कान्छी श्रीमती ल्याएको र आफूसँग नबसेको आवेशमा ताराले आफ्नै सन्तानलाई आगो लगाएको खुल्न आएको इन्सपेक्टर राजकुमार थापाले बताए । दिलबहादुर विहे पछि कान्छीसँग छुट्टै बसेका थिए ।

-लोकान्तर बाट