दमक/झापा दमकका लोकप्रीय युवा नेता गोकुल श्रेष्ठ नेपाली काँग्रेस निकट युवा संगठन तरुण दलको झापा क्षेत्र नं. ५ को सभापति निर्वाचित भएकाछन् । सर्वसम्मत रुपमा उनि निर्वाचित भएका हुन् ।

लामो समयदेखि युवा राजनीतिसंगै दमकमा ब्यापार ब्यवसायमा उनि सक्रिय रहदै आएकाछन् । क्षेत्रगत समायोजनसंगै उनले युवाहरुको नेतृत्व गर्ने जिम्मेवारी पाएको बताईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पहिलो पटक तरुण दलको क्षेत्र समायोजन समेत भएको छ । राजनीतिक संगै सामाजिक क्षेत्रमा सक्रीय उनि लायन्सकर्मी समेत हुन् । युवा साथीहरुले विश्वास गरेर जिम्मेवारी दिएको भन्दै उनले आफूले सधै युवाहरुको हकहितमा लाग्ने श्रेष्ठले बताए । उनले आफूलाइ जिम्मेवारी दिने सबैप्रति आभार पनि प्रकट गरेकाछन् ।