उर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले झोलामा खोला बोकेर हिंड्ने’ हरुविरुद्ध कठोर कदम चाल्ने चेतावनी दिएका छन् ।

लाइसेन्स होल्ड गरेर बस्ने तर काम नगर्ने प्रवृत्ति असह्य हुने उनले बताए । ‘लाइसेन्स लिएर बस्ने तर, काम नगर्नेलाई छाडिन्न’, मन्त्रालयमा मंगलबार सञ्चारकर्मीसँग पुनले भने । यद्यपि उनले निर्माणाधीन जलविद्युत आयोजना निर्माणमा भइरहेको ढिलाइ रोक्ने र काम सम्पन्न गर्न निजी क्षेत्रलाई मद्दत गर्ने स्पष्ट गरे । १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारको महत्वाकांक्षी योजना पूरा गरेरै छाड्ने उनको अठोट थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्त्री पुनले आगामी वर्षदेखि नै जलविद्युतमा भारतीय निर्भरताको अन्त्य गर्ने र आयात प्रतिस्थापन गरिने उल्लेख गरे । १० हजार मेगावाट बिजुली नेपालमा खपत नभए मिछेकीलाई बेच्ने योजना उनले सुनाए ।