दमक/तरुण दल झापा क्षेत्र नं. ५ को संयोजकको जिम्मेवारी दमकका लोकप्रीय राजनीतिक तथा सामाजिक ब्याक्तित्व गोकुल श्रेष्ठ चुनिएकाछन् ।

समायोजनपछिको पहिलो संयोजक श्रेष्ठ बनेकाहुन् । उनि ब्यजसायिक र सामाजिक क्षेत्रमा लोकप्रीय युवा मानिन्छन् । लायन्सकर्मी समेत रहेका श्रेष्ठलाइ यो जिम्मेवारी सर्वसम्मत रुपमा प्रदान गरिएको जनाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी गौरादह क्षेत्रका लोकप्रीय युवा नेता गौरादह उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका जीबन राइले सह संयोजकको जिम्मेवारी पाएकाछन् । उनले पनि सर्वसम्मत रुपमा यो जिम्मेवारी पाएकाहुन् ।

संयोजक श्रेष्ठका अनुसार अहिले दूइवटा क्षेत्रको तरुण दल एकीकृत भएर एउटै बनेको र बाँकी सदस्यहरु बिस्तारै थप गरिने छ । अहिले संयोजक र सह संयोजकमात्र चुनिएको हो ।

श्रेष्ठले आफूलाइ सर्बसम्मत बनाउनका लागि भूमिका खेल्ने र यो जिम्मेवारी दिने सबैप्रति आभार जनाउदै कृतज्ञता समेत ब्यक्त गरेकाछन् ।