काठमाडौं, चैत ६
पूर्वप्रधानसेनापति रुकमाङगत कटवालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ९५ प्रतिशत जनताको भरोसा रहेको भन्दै कसैको दवावमा नपरी देशको लागि काम गर्ने अठोटलाई पूरा गर्न सुझाव दिनुभएको छ । एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा कटवालले ओलीले सुरुवातमा जनताको बिश्वास जित्ने गरी निर्णय लिएको भन्दै यसैगरी अघि बढन सुझाउनु भयो ।
‘झण्डै ९५ प्रतिशत नेपालीको बिश्वाश र भरोसा ओली सरकारमाथि छ, त्यसैले पाँच बर्षमा केपी ओलीले राम्रो काम गरेर देखाउन सक्छन, उहाँले गर्न सक्नुहुन्छ बिकाश र समृद्धि,’ कटवालले भन्नुभयो । देशको लागि सोचेर काम गरेको अवस्थामा ओली नेपाली इतिहासकै सर्वाधिक लोकप्रिय नेतामा स्थापित हुने उहाँको भनाई छ ।
‘नेपाल अहिले ठूलो दोबाटोमा आएर बसेको छ । अब देशलाई कुन बाटोतिर डोहर्याउने भन्ने कुरा अहिलेको नेतृत्व वर्गको जिम्मामा रहेको छ । नेतृत्व वर्गले नयाँ उद्धेश्य,नयाँ विचार लिएर अगाडि बढ्दा केही मानिसहरु चिढिनु स्वभाविक हो, यदि कोही चिढिएनन् भने नेतृत्वहरु सफल हुन सक्दैनन,’ कटवालको भनाई छ ।
पूर्वप्रधानसेनापति कटवालले आम नागरिकको पक्षमा निर्णय लिँदा एक दुई जना रिसाउनुको अर्थ नहुने पनि प्रष्ट पार्नुभयो । ‘दश जनाको खुशीको लागी दुई९चार जना रिसाउँदा नेतृत्वले त्यसमा चिन्ता लिनु पर्दैन, त्यसमा नेतृत्व कठोर भएर अगाडी बढ्नुपर्छ। नेपालमा चौतर्फी चुनौती छ, चुनौतीको साथै अहिलेको नेतृत्वलाई असाधारण मौका पनि मिलेको छ,’ उहाँले भन्नुभयो । प्रधानमन्त्रीलाई अहिले कसैले असहयोग गर्न नहुने पनि उहाँको भनाई छ ।
‘प्रधानमन्त्री केपी ओलीले अहिले पार्टीबाट सबैको सहयोग पाउछन्, दुई चार जना रिसाउनु बेग्लै कुरा हो, सारा नेपाली जनताको आशा भरोसा केपी ओलीमाथि छ। ओलीले केही गर्छन् भन्ने विश्वास जनतामा छ । यो पाँच बर्षमा प्रधानमन्त्री ओलीले विध, विधान र विकासको जग हाल्दिने काम मात्रै गरे भने नेपालको इतिहासको कालखण्डमा अर्को पृथ्वीनारायण शाह, जंगबहादुर र महेन्द्र जस्तै नाम लेखिने छ,’ पूर्वप्रधानसेनापति कटवालले ठोकुवा गर्दै भन्नुभयो ।
नेपाल अहिले ठूलो दोबाटोमा आएर बसेको छ । अब देशलाई कुन बाटोतिर डोहर्याउने भन्ने कुरा अहिलेको नेतृत्व वर्गको जिम्मामा रहेको छ । नेतृत्व वर्गले नयाँ उद्धेश्य,नयाँ विचार लिएर अगाडि बढ्दा केही मानिसहरु चिढिनु स्वभाविक हो, यदि कोही चिढिएनन् भने नेतृत्वहरु सफल हुन सक्दैनन
उहाँले अर्थमन्त्रीमा डा युवराज खतिवडालाई चयन गरेर प्रधानमन्त्रीले देशबासीका लागि काम गरेर देखाउने सन्देश दिएको बताउनु भयो । ‘खतिवडा राम्रा र निष्कलंक व्यक्ति भन्दै कटवालले यस्तो बताउनु भएको हो । ‘हाम्रा मान्छे नभनी देशको हितमा मात्रै सोच्नुपर्छ, खतिवडा हाम्रो होइन, राम्राभित्र पर्नुहुन्छ,’ कटवालको भनाई थियो ।










