काठमाडौं– तराईमा कम्तीमा ५ जनाको गोली हानी हत्यामा संलग्न एक ‘मोष्ट वान्टेड’ सुटरलाई प्रहरीले तीन वर्षको प्रयासपछि पक्राउ गरेको छ।

रुपन्देही, चितवन, सर्लाही लगायत जिल्लामा गोली हानी हत्या गर्ने उमेश पासवान सर्लाहीमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय हरिपुरले उनलाई मंगलबार पक्राउ गरेको हो। उनलाई हरिपुर क्षेत्रबाट पक्राउ गरिएको सर्लाहीका एसपी मसाउद आलम खाँले बताए। जिल्ला प्रहरी कार्यालय डिएसपी राजेश थापा र इन्सपेक्टर अनिल ठकुरी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हरिपुरमा तीन वर्षअघि गोली हानी उनले एक व्यक्तिको हत्या गरेका थिए। तीन वर्षको प्रयासपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। गोली प्रहारका एक दर्जन घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ।

धम्काउदै पैसा माग्ने र पैसा नदिए उनले गोली हानी हत्या गर्दै आएका थिए।

-नेपाल लाइभ बाट