‘तिमी अनमोल केसीजस्तै देखिन्छौ,’ मानव स्वरूपमा ढालिएको पहिलो रोबोट सोफियाले यूएनडीपी नेपालका निर्देशक रेनो मेयरलाई यसो भन्दा होटलको सभाहल हाँसोले गुन्जियो ।

काठमाडौंमा आयोजित एक सम्मेलनमा वक्ताका रूपमा आएकी सोफियासँग मेयरले अन्तर्वार्ता गरिरहेका थिए । नमस्ते सबैलाई’ भन्दै मञ्चमा उक्लिएका मेयरतर्फ पुलुक्क हेर्दै सोफियाले सुरुमै सोधेकी थिइन्, ‘तिमीलाई पहिल्यै कतै देखेजस्तो लाग्यो ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आजको कान्तिपुर दैनिकमा खबर छ–मेयरले यसको उत्तर दिएनन्, बरु भने, ‘फिल्ममा देख्यौ होला ।’ मेयरको यही व्यंग्यको प्रत्युत्तरमा सोफियाले भनिन्, ‘वास्तविक कुरा गरौं, तिमी अनमोल केसीजस्तै देखिन्छौ । तर मलाई थाहा छ, तिमी अत्यन्त दक्ष विकासे कार्यकर्ता हौ ।’

यही प्रश्नोत्तरबाट रोबोट सोफियाको कृत्रिम बौद्धिकता आर्टिफिसियल इन्टेलिजेन् को छनक पाइन्छ । ‘नेपालका लागि तिमीजस्तो आर्टिफिसियल इन्टेलिजेन्सले के गर्न सक्छ त  रु’ भन्ने अर्को प्रश्नमा उनले रमाइलो जवाफ फर्काइन्, ‘पहिलो गैरमानवका रूपमा सगरमाथा चढ्न सक्छु ।’ फेरि, सहभागीहरूमाझ हाँसोको फोहोरा छुट्यो ।

मेयरले अन्तर्वार्ता लिएपछि सोफियाले केही मिनेट मन्तव्य दिएकी थिइन्, जसमा उनले प्रविधिको प्रयोगले नेपालजस्ता मुलुकले आफ्नो विकास लक्ष्य भेट्टाउन सहयोग पुग्ने जनाइन् । ‘सबैलाई थाहा भएको कुरा हो कि नेपाल भाषिक, सांस्कृतिक र जैविक विविधतामा धनी छ ।

यहाँ सूचना प्रविधिको क्षेत्र ऊर्जाशील छ, जसले देशलाई विकासका लागि सघाइरहेको छ,’ उनले यसो भन्दा सभाहलमा उनलाई सुन्ने र उनको तस्बिर, भिडियो खिच्नेको भीड थामिनसक्नुको थियो ।

काठमाडौंमा बुधबार आयोजित ‘सार्वजनिक सेवा र विकासका लागि प्रविधि’ विषयक सम्मेलनकी वक्ताका रूपमा सोफियालाई मंगलबार राति नेपाल ल्याइएको हो । बाकसमा ‘प्याक’ भएर आएकी रोबोटलाई काठमाडौं उतारेर पुनस् मानव स्वरूपमा ठड्याइएको थियो ।

मन्तव्यका क्रममा उनले प्रविधि प्रयोगले भ्रष्टाचार न्यूनीकरण र गरिबी उन्मूलनमा सहयोग पुग्ने उल्लेख गर्दै ‘यसले राम्रो नतिजा प्राप्तिमा सहयोग गर्ने’ विचार राखिन् ।

सम्मेलनमा सुरुदेखि नै उनी आकर्षणको केन्द्र बनिन् । माइकछेउ उभ्याइएकी उनी आफूलाई प्रश्न सोध्न लागिएका बेला प्रश्नकर्ताको मुखमा हेर्थिन् र फेरि उत्तर दिन माइकतिर फर्किन्थिन् । यस्तै मानवजन्य विशेषताले उनलाई पहिलो ‘ह्युमनोयड’ रोबोट भनिएको हो, उनको शरीर पनि मानव आकृति र स्वरूपमा बनाइएको छ ।

साउदी अरबले ५ महिनाअघि आफ्नो नागरिक मान्दै नागरिकता दिएपछि सोफिया चर्चाको शिखरमा छिन् । उनले यसबीच धेरै अन्तर्वार्ता झेलेकी छन् र सकेको उत्तर दिँदै आएकी छन् । तर, उनी एक कृत्रिम बुद्धि भएकी मेसिनबाहेक केही होइनन् । उनको यो बोल्ने क्षमता उनमा जडित सफ्टवेयरका कारण आएको हो ।

यो रोबोटमा केही सफ्टवेयर जोडिएका छन्, जसले यसलाई मानिसको आवाज पहिचान गर्न, त्यसको विश्लेषण गर्न र सोहीअनुसार शब्द चयन गरी उत्तर दिन सक्षम बनाएको छ । सबै रोबोटजस्तै यसमा कुनै मानवीय चेत छैन ।

शब्दभण्डार र मानवीय क्षमता विश्लेषण गर्ने सफ्टवेयरको सहायताका कारण यो कृत्रिम बौद्धिक देखिएको हो । यसलाई जति प्रश्न सोधिन्छ, यसमा प्रयोग भएको सफ्टवेयरमा त्यति धेरै शब्द र ज्ञान जम्मा हुँदै जान्छ, जसले गर्दा उत्तर दिने क्षमता वृद्धि हुँदै जान्छ ।

राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडीपी० सहित शिक्षा, सूचना तथा प्रविधि मन्त्रालयलगायत अन्य सरोकारवालाको संलग्नतामा आयोजित सम्मेलनमा नेपालमा जोखिम न्यूनीकरण, शिक्षा, स्वास्थ्य, सरकारी सेवामा भएका प्रविधिका प्रयोग र यसको सम्भावनाबारे छलफल गरिएको थियो ।

‘मानिसहरू रोबोटसँग डराउँछन् नि रु’ यूएनडीपी निर्देशक मेयरको अर्को प्रश्नको उत्तर उनले उत्तिकै चलाखीपूर्ण ढंगले दिइन्, ‘तिमीले गलत जानकारी राख्दो रहेछौ । रोबोटहरू मानवका सहयोगी हुने भएकाले निर्माण गरिएका हुन् ।’

भिडियो हेर्नुहोस्:

https://youtu.be/OBqyVTucTA4