प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश प्रदेशबीच प्रतिस्पर्धा हुने गरि काम गर्न मुख्यमन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

सात वटै प्रदेशका मुख्यमन्त्रीलाई बुधवार सिंहदरवारमा निर्देशन दिदैं प्रधानमन्त्री ओलीले असफल हुने छूट नरहेको बताएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘प्रदेश प्रदेशको बीचमा प्रतिस्पर्धा हुने गरि काम गर्नुहोस्, असफल हुने छुट छैन’ ओलीले भने, ‘दीगो विकास लक्ष्य पूरा हुने गरि काम गर्नुस् ।’

छलफलमा सातवटै प्रदेशका मुख्यमन्त्री, सरकारका मन्त्रीहरु र सचिवहरु थिए । नवनिर्विाचित मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्रीले पहिलो पटक निर्देशन दिएका हुन् ।