काठमाडौं महानगरपालिकाको कार्यालय रहेको सुन्धारा बागदरबार क्षेत्रमा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागी शुरु भएको करिब २ घण्टापछि नियन्त्रणमा आएको हो ।
आगलागीमा परि २ जना घाइते भएका छन् भने १५ जनाको सकुसल उद्दार गरिएको छ ।
महानगरपालिका कार्यालय छेउमा रहेको शालीमार रेस्टुरेन्टसँगैको गुलाव मिठाइ पसलबाट आगो लागेको थियो।
महानगरीय प्रहरी बृत्त जनसेवाका अनुसार शालीमार रेस्टुरेन्टमा सेक्युरिटी गार्डको रुपमा कार्यरत दुईजना घाइते भएका हुन् । घाइतेमध्ये १ जना महिला र १ पुरुष रहेकोमा उनीहरुको वीर अस्पतालमा उपचार भइरहेको छ ।
उद्दारकर्ताहरुले शालीमार रेस्टुरेन्टबाट १५ जनालाई सकुसल उद्दार गरेका हुन् ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जुद्ध वारुण यन्त्रका अग्नि नियन्त्रकहरुको प्रयासमा आगो नियन्त्रणमा आएको हो । आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, जुद्ध वारुण यन्त्र र नेपाली सेनाको दमकल परिचालन गरिएको थियो ।
अागाेले जलेका एकजना अस्पताल भर्ना
अागलागीमा परी घाइते भएका एक जनालाई वीर अस्पताल पुर्याइएकाे महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी माेहन थापले जानकारी दिए। अागलागीकाे समयमा माथिल्लाे तलामा रहेकाे सालिमार हाेटलमा रहेका १५ जनाभन्दा बढीलाइ उद्धार गरिएकाे छ।
https://youtu.be/bnGazLVhTFc









