प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयका सल्लाहकार र कर्मचारीको संख्या कटौती गर्नुभएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको सचिवालयमा रहने सदस्य संख्या ४७ बाट २८ मा झार्ने निर्णय गरेको हो । मितव्ययिता कायम गर्न सख्या कटौती गरिएको सूचना तथा संचार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले आफ्नो सचिवालयमा सल्लाहकार, विज्ञसहित ४७ जनासम्म राख्न सक्ने व्यवस्था थियो ।
मन्त्रिपरिषदबैठकले सरकारलाई विभिन्न विषयमा सुझाव दिन पाँच वटा समिति बनाउने निर्णय पनि गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । जसमा राजनीतिक समिति, प्रशासन समिति, सामाजिक समिति, आर्थिक तथा पूर्वाधार समिति, विधेयक समिति रहेका छन् ।










