नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । खड्कालाई आइसीयुमा राखेर उपचार सुरु गरिएको छ ।
उनलाई थप उपचारका लागि फागुनमा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा लगिएको थियो ।
छाती र मृर्गौलामा समस्या बढेपछि उनलाई आइसीयुमा राखेर उपचार सुरु गरिएको उनका सहयोगी चुडामणि कँडेलले जानकारी दिए ।
उनी लामो समयदेखि मिर्गौला र छाती सम्बन्धी रोगबाट पीडित छन्
-साझापोस्ट डट कम बाट साभार









