पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्वसभापति सुशील कोइरालाका कान्छा भाइको निधन भएको छ ।

रगतसम्बन्धी रोगबाट पीडित विजय कोइरालाको उपचारका क्रममा काठमाडौँको एक अस्पतालमा बिहीबार बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

७१ वर्षीय कोइराला नेपाली काँग्रेसको राजनीतिमा आवद्ध थिए । उनलाई उपचारका लागि केहिदिन अघि मात्र काठमाडौँ ल्याइएको थियो ।