बैंकक

थाइल्याण्डको उत्तरपूर्वी भूभागमा अवस्थित एक प्रान्तको राजमार्गमा बुधबार साँझ भएको बस दुर्घटनामा परी कम्तीमा पनि १८ जना यात्रुको मृत्यु भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोनबाट यात्रा गरिरहेको सो बस बुधबार साँझ सडकबाट खोँचमा खसेको यातायात मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयले दिएको जानकारीअनुसार सो बसमा ५० जना यात्रु सवार रहेका थिए। दुर्घटनामा परी घाइते भएका अरु सबैको उपचार जारी छ।

उक्त सडकखण्ड नाजुक अवस्थामा रहेकाले समय समयमा विभिन्न दुर्घटना हुने गरको छ ।

– एजेन्सी