पछिल्लो समय बगंलादेशको विद्युत उत्पादन १० हजार मेगावाट पुगेको छ । अहिले दैनिक १० हजार मेगावाट विद्युत उत्पादन भइरहेको छ ।

हालसम्म १० हजार ८४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाईनमा जोडिएको पावर विकास बोर्डका प्रवक्ता साईफुल हसन चौधरीले बताए । बंगलादेशमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्न विगत ८ वर्षदेखी अवामी लिगले सहयोग गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पछिल्लो समयमा विद्युत उत्पादन क्षमतामा झण्डै दोब्बरले वृद्धि भएको छ । बंगलादेश सरकारले १९ सेप्टेम्बर २००८ मा ५ हजार मेगावाटको विद्युत उत्पादन गृह सुरु गरेको थियो ।

वर्तमान समयमा बंगाल सरकारले परमाणु ऊर्जा स्थापना गरी सन् २०२१ सम्ममा देशलाई ऊर्जाका क्षेत्रमा आत्मनिर्भर बनाई विद्युतिय क्षेत्रमा लोड पावर प्लान्टको स्थापना गरी देशलाई मध्यमस्तरिय आम्दानीमा वृद्धि गर्ने लक्ष्य राखेको छ । इनर्जी बंगलाबाट अनुबाद