दमक/झापाको दमक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा गणेश तिम्सिनाले कार्यभार शुरु गरेकाछन् । महत्वका साथ हेरिएको दमक नगरपालिकामा तिम्सिनाको यो ह्याट्रिक हो ।
यसभन्दा अगाडि दूइ पटक उनि कार्यकारी अधिकृतको रुपमा यहाँ आइसकेका थिए । दमकलाइ बुझेको र जानेको प्रशासकिय अधिकृत ल्याउनु पर्ने माग धेरै उठेपछि उनि आएका हुन् ।
धरान उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत रहेका तिम्सिना बुधबारदेखि दमकमा हाजिर भएको बताइन्छ । दमक नगरपालिकाको आधारिक वेभसाइटमा प्रमुख प्रशासकिय अधिकृतको रुपमा उनको नाम आइसकेको छ ।










