दमक/झापाको दमकमा रहेको संगम स्वीट्सले आफ्नो शाखा विस्तार गर्ने क्रममा मोरगको उर्लाबारी पनि अन्तिम तयारी पुरा गरेको छ । राम नवमीको दिन भब्य उद्घाटनको तयारी गरेको पाइएको हो ।

यसभन्दा अगाडि झापा कै बिर्तामोड र काठमण्डौका बिभिन्न ठाँउमा शाखा बिस्तार गरेको संगम स्वीट्सले आउदो चैत ११ गतेदेखि उर्लाबारीमा आफ्नो शाखाको रुपमा सेवा बिस्तार गर्ने संगम स्वीट्सका प्रोपाइटर बिमल शर्माले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकका सामाजिक अगुवाको रुपमा चिनिएका प्रतिष्ठित ब्यापारी संगम शर्माले शुद्ध शाकाहारी होटल यस्तो हुनुपर्छ भनेर पूर्वमा चर्चा कमाउदै गएपछि केहि बर्ष यता बिभिन्न ठाँउमा सेवा विस्तार गर्दै आएकाछन् । उपभोक्ताको चाहाना अनुसार संगम स्वीट्सले आफ्ना उत्पादनहरु शुद्ध, सफा र गुणस्तरीय दिने जनाइएको छ ।