काठमाडौं– ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ले एसईई परीक्षा अवधिभर लोडसेडिङ नगर्न भनि दिएको निर्देशन कार्यान्वयन नभएको पाइएको छ ।

आज ऊर्जामन्त्री पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका पदाधिकारीलाई एसईई परीक्षा अवधिमा लोडसेडिङ नहुने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर, राजधानीलगायत देशका विभिन्न स्थानमा सदाझैं अघोषित रुपमा लोडसेडिङ भएको पाइएको हो ।

रातोपाटीले बिहिबार दिउँसो ऊर्जामन्त्रीले लोडसेडिङ निर्देशन दिएको समाचार सार्वजनिक गरेको थियो | तर ऊर्जामन्त्रीको निर्देशन अनुसार बेलुका सदाझैं अघोषित रुपमा लोडसेडिङ भइरहेको भन्दै गुनासो आएको हो ।

उपत्यकाका केहि स्थानमा समेत लोडसेडिङ भएको छ भने उपत्यकाबाहिर धेरै स्थानमा लोडसेडिङको समस्या देखिएको हो । हाल विद्युत प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक नगरेको भएपनि अघोषित रुपमा भने लोडसेडिङ हुँदै आएको छ ।