काठमाडौं– ललितपुरको एक रेष्टुरेन्टबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

एकान्तकुनास्थित भोजपुरका नगेन्द्र तामाङको स्टाफ भोजनालय खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्ण मिजार समेत १० जनालाई १ बुक तास र १ लाख ४१ हजार सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नियमित रुपमा जुवा खेलाइने सूचनाका आधारमा प्रहरीले छापा हानी उनीहरुलाई पक्राउ गरेको हो।