यौन सम्पर्क राख्दा कण्डमको प्रयोगले अनावश्यक गर्भधारणको जोखिम मात्र कम गर्दैन यसले यौन जन्य संक्रमणहरूबाट समेत सुरक्षा प्रदान गर्दछ । कम खर्चिलो, सजिलो र प्रभावकारी भएकाले नै कण्डम गर्भ नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी साधन मानिएको छ । उसो पनि अधिकांश जोडीहरू गर्भ नियन्त्रणका लागि कण्डमको प्रयोग गर्ने गर्दछन् । तर के सुरक्षाका नाममा दुई दुई वटा कण्डम प्रयोग गर्नु सही हो त ?
हुन त एक भन्दा दुई बेस भनिन्छ अर्थात् कुनै कम दुई जना मिलेर गर्छन् भने काम चाँडो र राम्ररी हुन्छ । हुन् सक्छ यौन सम्पर्कका दौरान दुई कण्डम प्रयोग गर्नेहरूलाई पनि यस्तै लाग्छ होला । अर्थात् लेटेक्सको जति बाक्लो पत्र आफू र साथीको बीच हुनेछ सुरक्षा त्यति बढी ।
तर कुरो अर्कै छ । खासमा पुरुष कण्डमको प्रविधि सामान्य छ । यसले महिलाको योनीमा शुक्रकीट पुग्न दिन्न । जब यसलाई कुनै पुरुषले आफ्नो उत्तेजित लिंगमा लगाउँछ त्यसको टुप्पोमा सानो खाली ठाउँ भेटिन्छ जुन स्खलन पश्चात वीर्य जम्मा हुने ठाउँ हो । साथै सम्भोगक दौरान हुने घर्शंका क्रममा कण्डम नच्यातिओस् भन्ने उद्देश्यले पनि यस्तो खालि ठाउँ छाडिएको हुन्छ ।
अब दुई-दुई वटा कण्डम लगाइयो भने के हुनेछ त ? सामान्यतयाः मान्छेहरू के सोच्ने गर्छन् यसो गर्दा सुरक्षा बढी होला तर यस्तो हुँदैन । खासमा दुई वटा कण्डम सँगै लगाउँदा परस्पर घर्षणका कारण तिनीहरू व्ह्यातिने सम्भावना बढी हुन्छ जसले गर्दा नचाहिएको गर्भ रहने मात्रै हैन यौन संक्रमणको पनि जोखिम बढ्न जान्छ । त्यसका साथै दुई दुई कण्डम सँगै लगाउँदा यो लिंगमा नमिल्ने पनि हुनसक्छ र यसो हुँदा समेत यो चुहिने सम्भावना रहन्छ ।
कण्डम छनौट गर्दा त्यसको साइज सहि हुनुपर्छ र त्यो राम्ररी मिल्नु पर्ने हुन्छ । यसो नभएको खण्डमा कण्डम चिप्लिने, निस्किने या च्यातिने जोखिम बढी हुन्छ । यसो भएमा चुहावट हुने मात्र हैन कण्डम योनी भित्र नै अड्किने जोखिम समेत रहन्छ । यति मात्र हैन कतिपय मान्छेहरू कण्डमको प्रयोगले यौन सम्वेदनशीलतामा कमी आउने समेत गुनासो गर्दछन् । यस्तो अवस्थामा दुई कण्डमले झन् समस्या निम्त्याउने स्पष्ट छ ।
तर सन् २००७ मा सार्वजनिक गरिएको एउटा अध्ययनको नतिजाले भने कण्डमले यौन संवेदनशीलतामा कमी आउँछ भन्ने कुरामा सत्यता नभएको देखाएको थियो । यस अध्ययनमा १८ पुरुषहरूलाई ३० दिनसम्म कण्डम प्रयोग गर्न दिएर यस सम्बन्धी सर्वेक्षण गरेको थियो ।
कण्डम प्रयोग गर्नु सुरक्षित छ तर एक पटकमा एउटा मात्रै । हो, बरू ध्यान दिनुपर्ने कुरा केहो भने अन्य कुराहरू जस्तै कण्डमको पनि एक्स्पायरी डेट हुन्छ । अर्थात् कण्डम पनि निर्माण भएको केही समयपछि कम नलाग्ने हुन सक्छ । यसरी म्याद नाघेको कण्डम च्यातिने सम्भावना हुन्छ किनभने यसमा राखिएको चिल्लो पदार्थ सुकेर यो रुखो भएको अत्र हुँदैन समयसँगै कम्जोर पनि भएको हुन्छ ।



