सिरहाको लहानमा वम विष्फोट भएको छ । लहान प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसार लहान नगरपालिका वडा नम्बर ७ स्थित विकास शारदा सुनचाँदी पसलमा बम विस्फोट भएको हो ।
विस्फोटमा ६ जना सामान्य घाइते भएका छन् । घाइतेहरुको लहानकै सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ । घाइतेहुनेहरुमा सञ्चालक विकाश यादव, देवकुमारी यादव, संगीताकुमारी यादव, मनिकादेवी राम, सतिश यादव र बवितादेवी राम रहेका इलाका प्रहरी कार्यलय लहानका डिएसपी गणेशचन्द ठकुरीले जानकारी दिए ।
बम बिस्फोट कसले र किन गराएको भन्ने केही खुल्न सकेको छैन । यद्यपी पसलमा आएका एक ग्राहकले छोडेर गएको झोलामा रहेको बम विष्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भैरहेको डिएसपी ठकुरीले जानकारी दिए ।
-नया पत्रिका









