कैलाली । कैलालीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गको लम्कीचुहा नगरपालिका–२, गणेशपुरमा से २ प ७९८१ र से ५ प ४८०३ नम्बरको मोटरसाइकल बिहीबार ठोक्किँदा १ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, लम्कीले जनाएको छ । प्रहरी निरीक्षक नैनसिंह साउदका अनुसार मृतकको परिचय भने खुलेको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा घाइते ३ मध्ये २ को अवस्था गम्भीर छ । टीकापुरका नेत्र रावल र कञ्चनपुरका दीपक चौधरी गम्भीर घाइते भएका हुन् । प्रहरीका अनुसार, उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । -न्यूज २४ नेपाल टिभी बाट लिएको